ताजा समाचार


अज्ञात समुहको गोली प्रहारबाट सिरहामा एकजना मेडिकल व्यवसायी घाइते

द रियल समाचार     २०७८ जेष्ठ २२, शनिबार, २२: १४ मा प्रकाशित




जनकपुरधाम । सिरहामा शनिबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एकजना मेडिकल व्यवसायी घाइते भएका छन् ।

घाइते हुनेमा मिर्चैया नगरपालिका वडा नम्बर-६ बस्ने सिद्धि मेडिकल हॅलका सञ्चालक रामसागर साफी रहेका छन् ।

जिल्लाको मिर्चैया नगरपालिकास्थित मिर्चैयाथाना चोकमा अज्ञात समुहले साफीमाथि शनिबार राति करिब साढे ८ बजे गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइते सागरको तिघ्रा र खुट्टामा गोलि लागेको बताइएको छ । घाइते साफीको उपचार स्थानिय मंगलम हस्पिटलमा भईरहेको छ ।

यता गोली किन र कसले चलायो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top