ताजा समाचार


डायसले पाए प्रिमियर लिग प्लेयर अफ द सिजनको अवार्ड

द रियल समाचार     २०७८ जेष्ठ २२, शनिबार, १७: ०३ मा प्रकाशित




एजेन्सी । म्यानचेन्सटर सिटी तथा पोर्चुगलका स्टार रुबेन डायसले प्रिमियर लिग प्लेयर अफ द सिजनको अवार्ड पाएका छन् ।

डायसले यस सिजनको उत्कृष्ट खेलाडी बन्दै अवार्ड हात पारेका हुन् । यसभन्दा अगाडि उनले फुटबल राइटर्स संघको अवार्ड पाएका थिए ।

डायससँगै उनकै टिममेट केभिन डी ब्रुनी, युनाइटेडका ब्रुनो फर्नान्डेज, टोटेनहामका ह्यारी केन, लिभरपुलका मोहमद सलाह, एस्टोन भिल्लाका ज्याक ग्रिएलिस, चेल्सीका मासोन माउन्ट र वेस्ट ह्यामका टोमस सुकेक प्लेयर अफ द सिजनमा मनोनित भएका थिए ।

डायस प्लेयर अफ द इयरको अवार्ड जित्ने पोर्चुगलका दोस्रो खेलाडी हुन् । उनीभन्दा अगि क्रिस्टियानो रोनाल्डोले जितेका थिए । यसै गरी उनी सिटीका दोस्रो खेलाडी हुन् । नौ वर्ष अगि भिन्सेन्ट कम्पनीले अवार्ड जितेका थिए ।

डायसले सिटीलाई प्रिमियर लिग जिताउन र च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सन् २०२० को सेप्टेम्बरमा पोर्चुगिज क्लब बेन्फिकाबाट सिटीमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top