ताजा समाचार


कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भनेजुएला भिड्ने

द रियल समाचार     २०७८ जेष्ठ २०, बिहीबार, १८: ४५ मा प्रकाशित




एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिकाको उद्घाटन खेलमा आयोजक ब्राजिल र भनेजुएला भिड्ने भएका छन् ।

उद्घाटन खेल जुन १३ मा माने गारिन्चा फुटबल मैदानमा हुनेछ । सोही दिन एरिना प्लान्टानलमा हुने खेलमा कोलम्बिया र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल जुलाई १० मा रियो दि जेनेरियोको माराकाना फुटबल मैदानमा हुनेछ ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेकल)ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार कोपा अमेरिकाका खेल माराकाना, माने गारिन्चा, एरिना प्लान्टानल, ओलिम्पिको र निल्टन सान्तोष फुटबल मैदानमा सञ्चालन हुने छन् ।

कारोना महामारीका कारण १ वर्ष पछाडि धकेलिएको प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्ने तय भएको थियो । तर अन्तिम समयमा आएर कन्मेबलले ब्राजिललाई आयोजनाको जिम्मा दिएको हो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अर्जेन्टिना, चिली, उरुग्वे, बोलिभिया र पाराग्वे तथा समूह ‘बी’ मा ब्राजिल, कोलम्बिया, भेनेजुएला, पेरु र इक्वेडर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top