–उमेश कुमार मण्डल
(जसपा केन्द्रीय सदस्य)
नेपालको राजनीति कहिल्यै पनि सीधा बाटोमा गमन भएको देखिदैन् । नेपालमा राजनितिक विचारधारालाई आफू अनुकूल प्रयोग गर्ने गरेको तथ्य कसैसँग लूकेको पनि छैन् । आफ्नो राजनीतिक लाइनमा को कतीको प्रतिबद्ध छ भन्ने कुराको हेक्का जनताले पक्कै गरेको हुनुपर्दछ ।
लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचनको बाटो छेक्दा लोकतन्त्र कमजोर हुने हेक्का यहाँका राजनीतिक नेतृत्वले गरेकै हुनुपर्दछ ।
हामी अनभिज्ञ नबनौँ र आफ्नो राजनीतिक प्रतिबद्धता बमोजिम थप सुदृढ़ीकरण तर्फ अग्रसर रहौं । समयकालमा कुनै अमूक व्यक्तिलाई प्रतिगामी र आफू चाही लोकतन्त्रको हिमायती भन्ने आलापिकरणले राजनीतिक विचारधारालाई कुण्ठित नबनाऊ । नेपालको लोकतन्त्रले तिन दशकको इतिहास बोकेको कसैलाई अतिसयोक्ति नहोला । यसै समयकालमा राजनीतिलाई व्यक्तिगत अवसरवादमा रमाउने खेलको रुपमा प्रस्तुत गर्ने राजनीतिक नेतृत्वले कहिले पनि जनताको घाउमा मल्हम लगाउने प्रयत्न समेत गर्दैनन् । तत्कालीन आवश्यक्ताको बोधले मात्र राजनीतिक नेतृत्वलाई सशक्त बनाउन प्रेरित गरीरहन्छ ।
केवल आफू मात्र लोकतन्त्रको हिमायती हुँ भन्ने अहंकारले तत्कालिन कार्यनीति तथा भविष्यको रणनीतिमा पनि ठुलो ठेस लाग्न सक्छ । अहिलेको वर्तमान परिप्रेक्ष्यमा आफ्नो राजनीतिक मुद्दाहरुलाई मूलप्रवाहिकरण गरी तत्कालको राजनीतिक निकास तर्फ ध्यान पूर्याए बुद्धिमत्ता होला । लोकतन्त्र खतरामा छ भन्ने कपोकल्पित विचारलाई प्रवाहित गरे साचैको बाघले खाला÷नखाला मनको बाघले पक्कै खान्छ भन्ने उखान चरितार्थ हुनेछ । आफ्नो राजनीतिक लाइनमा अटल रहन सके मात्र लोकतन्त्र मजबूत हुने र थप समृद्धिको यात्रामा लम्किने छ ।
अन्त्यमा सबै शीर्ष नेतृत्वले लोकतन्त्रको लागि गरेको त्यागलाई अवसरवादिताको पहिरन नलगाउन सुझावका साथै कोविड–१९ बाट जनतालाई अल्पकालीन/दीर्घकालीन समाधान तर्फ राजनीतिक शीर्ष नेतृत्वले पाइला अगाडि बढ़ाए लोकतन्त्रले समृद्धिको १ पाइला यात्रा तय गर्ने निश्चित छ । केवल राजनीतिक विचारधाराको खेतिले मात्रै हामीलाई कही पुर्याउँदैन । एक मात्र राजनीतिक अटल अठोटले लोकतन्त्रलाई शुभोसित गर्ने अव्यम्भावी छ ।
प्रतिक्रिया