ताजा समाचार


बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

द रियल समाचार     २०७८ जेष्ठ ६, बिहीबार, १७: ३६ मा प्रकाशित




हेटौंडा । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५ हजार ८८ मतभार पाएका हुन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।

२३८ मत मध्ये खसेको कुल जसमा २३३ जना मतदानमा सहभागी भएका थिए । जस मध्ये देवकोटाले १२८, बादलले १ सय ३ र नेमकिपाले २ मत पाएको छ । प्रदेशसभा सदस्यको देबकोटाले ५८ मत, बादलले ४५ र तामाङले २ मत प्राप्त गरेका हुन् ।

बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् । वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् ।

११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ ५ जनाले भोट दिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top