ताजा समाचार


वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १७: १९ मा प्रकाशित




जनकपुरधाम । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको बुधबार विहान निधन भएको छ । ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण निधन भएको हो ।

महोत्तरीको हतिसर्वामा २०१४ जेठ १४ गते माता शोभा देवि र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्मेका घिमिरेले २०३२/३३ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गरेका थिए । त्यो बेला उनले जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन/सम्पादनको ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकाशित हुने मातृभि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका थिए । पछि उनले २०३८ सालबाट आफ्नै प्रकाशन/सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशनमा ल्याए । जसको प्रकाशन अहिलेसम्म निरन्तर जारी छ ।

वरिष्ठ पत्रकार घिमिरेले पञ्चायत ब्यवस्थाको बिरोधमा लेखेको समाचार समिक्षा/मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलायो । उनलाई मार्नेसम्मको योजना बनायो तर, उनी मृत्युको मुखबाट बाँचेर आए ।

२०४६ सालमा प्रजातन्त्र पुनर्वाहालिका लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकी नेतृ लिला कोईरालासंगै थुनामा परेका थिए । प्रजातन्त्रका लागि उनको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले घिमिरेलाई सम्मानित गरेका थिए ।

३० वर्षभन्दा बढि पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषाले समेत उनलाई सम्मान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top