ताजा समाचार


बुधबार ७९८९ जना संक्रमणमुक्त, ८१७३ नयाँ संक्रमित थपिए, २४६ को मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १७: ०८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ७९८९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १९८८ गरी उपत्यकामा जम्मा २४८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top