ताजा समाचार


गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्त, ४ जनाले आजै लिए सपथ

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १६: ५५ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री गुरुङले किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्रीमा नियुक्त गरेका हुन् । पाँचैजना यसअघि पनि मन्त्रीको जिम्मेवारीमा थिए ।

मन्त्री नियुक्त भएका पाँचजनामध्ये चार मन्त्रीले बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।नवनियुक्त मन्त्री मनाङेले भने शपथ लिएका छैनन् । मनाङे काठमाडौंमा भएकाले बुधबार उनको शपथ हुन सकेन ।

मुख्यमन्त्री गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिएका छन् भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । अन्य तीन मन्त्रीलाई भने अहिले जिम्मेवारी दिइएको छैन ।

गुरुङ २९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमण भएकाले उनले ढिलो गरी मन्त्रिपरिषद गठन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top