ताजा समाचार


राष्ट्रियसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले देवकोटालाई समर्थन गर्ने

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १६: ४९ मा प्रकाशित




काठमाण्डौ । बागमती राष्ट्रियसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले खिमलाल देवकोटालाई समर्थन गर्ने भएको छ । बागमती प्रदेश सभा उपनिर्वाचन बिहीबार हुँदैछ ।

जनमोर्चाले बुधबार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश राष्ट्रिय सभाको निर्वाचनमा देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उमेदवारको रूपमा खडा भएको भन्दै उनलाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताएको छ ।

जनमोर्चाले जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा दीर्घनारायण पाण्डेयलाई पार्टीले समर्थन गर्ने भएको छ ।लुम्बिनीअन्तर्गतका विभिन्न पालिकामा सो पार्टीबाट विजयी प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुलाई सोहीअनुसार अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top