ताजा समाचार


महोत्तरीमा अवैध सालको काठ बरामद, तस्करहरु फरार

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १६: ३९ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा अवैध सालको काठ बरामद भएको छ । मंगलबार राति बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट सालको ४० क्वीफिट काठ बरामद भएको हो ।

सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि १० वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको १० थान काठको गोलिया बरामद भएको डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोषकुमार यादवले जानकारी दिए ।

उनले तस्करहरुलाई भने वन गस्ती टोलीले पक्राउ गर्न नसकेको बताए । वन गस्ती टोलीलाई देखेपछि उनीहरु फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top