ताजा समाचार


दुई डोज खोप लगाएका डा.अग्रवालको कोरोना संक्रमणबाट निधन

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, २२: ५९ मा प्रकाशित




एजेन्सी । भारतको पद्य्मश्री बाट सम्मानित भएका चर्चित हृदय  रोग विशेषज्ञ डा. के.के.अग्रवालको कोरोना संक्रमणबाट निधन भएको छ । डा. अग्रवालले कोरोनाको दुबैै डोज खोप लगाएका थिए ।

इन्डियन मेडिकल एसोसिएसनका पुर्व राष्ट्रिय अध्यक्ष ६२ वर्षीय अग्रवालको एक सातादेखि एम्स अस्पतालमा उपचार भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड–१९ को लामो लडाई पछि सोमबार राती ११ बजे उनले धर्तीमा अन्तिम स्वास लिएका थिए ।

कोरोना महामारीको क्रममा अग्रवाल मानिसहरुलाई जनचेतना फैलाउन लगातार प्रयासरत थिए । अग्रवालले तयार पारेका केही भिडियो तथा शैक्षिक कार्यक्रम करीब १० करोड मानिसहरुमा पुग्यो र धेरै मानिसको ज्यान जोगियो । तर, विडम्बना उनकै ज्यान जोगिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top