ताजा समाचार


मंगलबार ६८९१ जना संक्रमणमुक्त, ८२०३ नयाँ संक्रमित, १९६ को मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, १८: ४४ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार २०३ जना संक्रमित भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top