ताजा समाचार


शव व्यवस्थापनमा ‘परिवर्तनका लागि यूवा अभियान’ को सक्रियता

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, १५: १८ मा प्रकाशित




जनकपुरधाम । सोमबार ३७ वर्षीय अमोद कर्णको प्रादेशिक अस्पताल पुर्याउनेवित्तिकै ज्यान गयो । उनको अस्पताल पुर्याएको केहिबेरमै ज्यान गएको थियो । दोस्रो दिन दिउँसो १ बजेसम्म उनको शव अस्पतालको आकस्मिक कक्षमै रह्यो । शव त्यहाँ रहनुको कारण थियो, शव व्यवस्थापनको अन्यौलता । उनको आफन्तजनले समेत शव उठाउन मानेनन् ।

मृत्युलगत्तै उनका आफन्तले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलालाई खबर गरे । तर पनि शव व्यवस्थापनको टुंगो लागेन । अघिल्लो साँझ नै मृत्यु भएका कर्णको भोलि दिउँसोसम्म समेत शव व्यवस्थापनको टुंगो नलागेपछि परिवर्तनका लागि यूवा अभियानका यूवाहरुको एक समुहले उपमहानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्री लगाएर शव व्यवस्थापन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी वास्तोलाले मृतकको पीसीआर नभएकोले शव व्यवस्थापनमा हामी असमर्थ रहेको बताएपछि यूवाहरुले स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गरि सो शवको व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बास्तोल मृतकको कोरोना परिक्षण नै नभएकाले शव उठाउन नमिल्ने भन्दै पञ्छिएका थिए ।

शव व्यवस्थापनमा लागेका यूवा अभियन्ता सुशिल कर्णले भने, ‘सिकिस्त विरामी रहेका अमोदलाई ज्वरो, रुघाखोकी लगायत कोरोनाका सबै लक्षण रहेका थियो । सोमबार साँझ नेपाल तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साहलगायतका युवाहरुले उनलाई उपचारका लागि अस्पतालसम्म पुर्याएका थिए । तर त्यसको केहि क्षणमै उनको उपचारकै क्रममा मृत्यु भएपछि कसैले पनि वास्ता नगरेकाले आफुहरुले शवको व्यवस्थापन गरेका हौं ।’ मृतकको शव व्यवस्थापनमा अस्पतालले समेत कुुनै चासो नदेखाएको उनको आरोप छ ।

मृतकका परिवारजनले समेत शव व्यवस्थापन गर्न डराएपछि सो शव अलपत्र परेको थियो । शव व्यवस्थापनको क्रममा यूवा अभियन्ता सुशिल कर्ण, किशन मण्डल, मोहन रौनियार, मनिष सिंह लगायतका यूवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

यो घटना एउटा उदाहरण मात्र हो । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै मृतकको शव व्यवस्थापनमा निकै सकस हुने गरेको थुप्रै घटनाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top