ताजा समाचार


सहारा क्लब पोखराका पूर्व प्रशिक्षक तामाङको निधन

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, १४: २७ मा प्रकाशित




पोखरा । लामो समयदेखि हङकङमा बस्दै आएका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सहारा क्लब पोखराका पूर्व प्रशिक्षक बिल तामाङको निधन भएको छ ।

करोना संक्रमणपछि गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका ४५ वर्षीय तामाङको मंगलबार बिहान निधन भएको सहारा क्लबले जानकारी दिएको छ ।

सन् २००२ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण कोर्ष पूरा गरेका तामाङले गएको चैतमा एएफसी÷एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

उनी यही लाइसेन्स कोर्षका लागि फागुनमा नेपाल आएका हुन् । सहारा क्लब हङकङका उपाध्यक्ष रहेका तामाङले फ्रेन्ड्स तथा रानीपोखरी कर्नर टिम (आरसिटी) बाट व्यावसायी फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top