ताजा समाचार


जनताले आफ्नो अधिकार प्रयोग गर्न सक्नुपर्दछ : युवा नेता श्रेष्ठ

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १९: १२ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका युवा नेता सानुकुमार श्रेष्ठले कोरोना संक्रमितले राज्यबाट निःशुल्क स्वास्थ्य उपचार पाउनुपर्ने माग गरेका छन् ।

देशमा महामारीको समयमा राज्यबाट हरेक नागरिकले स्वास्थ्य उपचार पाउनुपर्ने अधिकार संविधानमा उल्लेख रहेकोले यस अवधिमा सम्पूर्ण सरकारी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले अनिवार्यरुपमा जनतालाई सेवा पुर्याउनुपर्ने उनको भनाइ छ ।

युवा नेता श्रेष्ठले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको यो पहिलो कार्य तथा पेशागत धर्म रहेको समेत जिकिर गरे । उनले सम्पूर्ण निकायका पदाधिकारीहरूलाई जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले भने, ‘यो कार्य सबै सरोकारबालाको पहिलो प्राथिमिकतामा हुनु पर्दछ । यदि कहिँ कतैबाट लापरबाही भएको छ भने कारबाहीको भागीदार उसले नै बन्नु पर्दछ । आवेशमा आएका सेवाग्राहीले यदि आफ्नो हाथमा कानुन लिएको छ भने उसलाई पनि कारबाही हुनु पर्दछ ।’

जनताले आफ्नो जिम्मेवारी पुरा गर्नबाट पछि हटेको स्वास्थ्यकर्मी/स्वास्थ्य संस्था, मेसु, जिल्ला प्रमुख माथि पनि कारबाहीको माग गर्दै कानुनी राज्यको स्थापना गर्न/गराउनका लागि तथा अदालतबाट न्याय पाउन सम्पूर्ण जिम्मेवार व्यक्तिलाई प्रतिवादी बनाई मुद्दा गर्न सक्नु पर्छ’उनले भने, ‘सम्बन्धित पक्षले कानुन र राज्यप्रतिको जिम्मेवारी या त निभाउनु पर्छ या राजिनामा दिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top