ताजा समाचार


राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १८: ५२ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रियसभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने भएको छ ।

पार्टीको सोमबार बसेको बैठकले एमालेका रामबहादुर थापालाई मतदान गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाका एक अध्यक्ष कमल थापालाई फोन गरेर सहयोगका लागि आग्रह गरेका थिए ।

थापाले अन्य दुई अध्यक्षलाई पनि यसबारे जानकारी गराइएपछि राप्रपाले औपचारिक पत्र आएमा एमाले उम्मेद्वारलाई सहयोग गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिस्ट (एमाले) बाट अनुरोधसहितको पत्र प्राप्त भएपछि राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफना पार्टीबाट निर्वाचित प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापाको पक्षमा मतदान गर्न जानकारी गराउने निर्णय गरेको छ ।

बागमती प्रदेशमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ। जसमा राप्रपाको मत मूल्य १३२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top