ताजा समाचार


कोरोनाको दोस्रो लहरमा दिल्ली विश्वविद्यालयमा एकै महिनामा ३६ प्राध्यापकको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १८: ४९ मा प्रकाशित




एजेन्सी । कोरोना संक्रमणका कारण भारतको एउटै विश्वविद्यालयका ३६ जना प्राध्यापककोे मृत्यु भएको छ ।

दिल्ली विश्वविद्यालय प्राध्यापक संघका उपाध्यक्ष डा. आलोरञ्जन पाण्डेयले ३६ प्राध्यापकको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् ।

कोरोनाबाट कुनै पनि कलेज अछुतो नरहेको र हरेक कलेजबाट तीनजनाको मृत्यु भएको उनले बताए । कोरोना महामारीको दोस्रो लहरका कारण एकै महिनामा ३६ जना प्राध्यापकको ज्यान गएको हो ।

संघले कुलपति र शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारका सदस्यलाई विश्वविद्यालयले रोजगारी दिनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top