ताजा समाचार


सोमबार ५७६७ जना कोरोनामुक्त, ९२४७ नयाँ संक्रमित थपिए, २१४ को मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १७: ३० मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जना कोरोना संक्रमित भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने सक्रिय संक्रमित १ लाख १३ हजार ४८० रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २१४ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top