ताजा समाचार


श्रीलंका क्रिकेट बोर्डले आफ्ना खेलाडीको तलबमा ३५ प्रतिशत कटौती गर्ने

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १७: ०५ मा प्रकाशित




एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले कोरोना महामारीका कारण आर्थिक संकट बढेको भन्दै आफ्ना खेलाडीको तलबमा ३५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

बोर्डको यो निर्णयको विरोध गर्दै कप्तान दिमुथ करुणारत्ने, एन्जेलो म्याथुज, दिनेश चान्डिमल, सुरंगा लकमलजस्ता सिनियर खेलाडीले केन्द्रीय सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

बोर्डले सन् २०२१–२२ का लागि खेलाडीलाई केन्द्रीय सम्झौतामा राख्दा ग्रेडिङमा फेरबदल गर्दै ३५ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको हो ।

बोर्डले निकालेको नयाँ ग्रेडिङअनुसार विकेटकिपर निरोशन डिकवेला, धनन्जय डी सिल्भाजस्ता ग्रेडिङमा सुधार गरेका खेलाडीलाई फाइदा हुने भए पनि धेरै खेलाडीलाई घाटा पर्ने देखिन्छ ।

यसले एन्जेलो म्याथुज, दिमुथ करुणारत्ने, सुरंगा लकमल, दिनेश चान्डिमल, दानुष्का गुनातिलकेजस्ता खेलाडीले घाटा बेहोर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top