ताजा समाचार


इजरायल र हमास बीच संघर्ष जारी, २ सय भन्दा बढीको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १७: ०१ मा प्रकाशित




एजेन्सी । इजरायल र प्यालेस्टिनी चरमपन्थी संगठन हमासबीचको संघर्ष एक सातापछि पनि जारी नै रहेको छ ।

सोमबार बिहान इजरायली सेनाले गाजाको विभिन्न इलाकामा ८० हवाइ हमला गरिसकेका छन् । यसभन्दा पहिला हमासले दक्षिणी इजरायलमा रकेट हमला गरेको थियो ।

इजरायलले हमास र उसका कमान्डरको घरलाई निशाना बनाएको बताएको छ । तर विभिन्न ठाउँमा युद्धको असर देखा परेको छ ।
यसभन्दा पहिला गाजास्थित प्यालेस्टिनी अधिकारीले एक सातादेखि जारी भएको संघर्षमा आइतबार भएको हिंसालाई सबैभन्दा रक्ताम्मे दिन भनी बताएको छ ।

उनीहरूका अनुसार आइतबार इजरायलको हवाइ हमलामा परी ४२ जना मानिसको मृत्यु भएको छ । जसमध्ये १६ महिला र १० बच्चा रहेका छन् । उता इजरायलका राष्ट्रपति बिन्यामिन नेतन्याहुले हमासको विरुद्ध कारबाही पुरै तयारीका साथ जारी राख्ने बताएका छन् ।

नेतन्याहुले भने, ‘जबसम्म जरुरी पर्छ तबसम्म हामीले सैन्य कारबाही जारी राख्नेछौँ । शान्ति कायम हुन अझै समय लाग्नेछ ।’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरशले संघर्ष नरोकिए नियन्त्रण गर्न नसकिने अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

इजरायली सेनाका अनुसार हमासले पछिल्लो एक सातामा इजरायलमा ३ हजारभन्दा धेरै रकेट प्रहार गरेको छ । सेनाका अनुसार जारी इजरायलमा १० मानिसको मृत्यु भएको छ ।

इजरायली र हमासबीचको जारी संघर्षमा गजामा हालसम्म १९७ मानिसले ज्यान गुमाएका छन् । जसमध्ये ५८ बच्चा र ३४ महिला रहेका छन् । यसै गरी आक्रमणमा परी १ हजार २३५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top