ताजा समाचार


१ करोड राशिको ‘पत्रकार कल्याण कोष’ स्थापना गर्ने महासंघको निर्णय

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १६: ५८ मा प्रकाशित




सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समितिले १ करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ कोष स्थापना गर्न लागिएको नेपाल पत्रकार महासंघका अध्यक्ष देविराम देवकोटाले बताए ।

कोषबाट तत्कालीन रूपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्धारमा सहयोग गरिनेछ भने दीर्घकालका लागि विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिने उनको भनाइ छ ।

कोष स्थापनका लागि महासंघले कर्णालीका उद्योग, व्यवसायी र तीन तहका सरकारसँग सहयोगका लागि अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top