ताजा समाचार


सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमित

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १६: ५४ मा प्रकाशित




कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ का अनुसार उनमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिर्पोट पोजेटिभ आएको हो ।

मुख्यमन्त्री भट्टको उपचार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top