ताजा समाचार


सर्लाहीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १६: ३५ मा प्रकाशित




सर्लाही । सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ का अन्दाजी ३३ वर्षीय रामकरण महतो रहेका छन् ।

उनलाई फुलजोरबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा महतोको साथबाट एक थान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र बि.आर.३० यु. ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

पझाउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top