जनकपुरधाम । क्लोथ बैंकले कोभिडका गम्भिर बिरामीहरूका लागि आवश्यक पर्ने ‘हाइ फ्लो नोजल केनुला’ जनकपुरधाममा ल्याउन लागेको छ ।
जनता समाजवादीपार्टी नेपाल (जसपा) का वरिष्ठ नेता समेत रहेका धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको पहलमा नेपाल भेन्टिलेटर बैंकले ४ थान ‘हाइ फ्लो नोजल केनुला’ क्लोथ बैंकलाई सहयोग गरेको हो ।
प्रतिदिन ६ सय रुपैयाँ भाँडा लिने गरि बैंकलाई सो उपकरण हस्तान्तरण गरिएको बैंकका अध्यक्ष राजिव झाले जानकारी दिए ।
अध्यक्ष झासहितको टोली आईतबार काठमाण्डौं पुगेर सो उपकरण बुझेका हुन् । सो उपकरण जनकपुरधामको मिथिला अस्पतालमा जडान गरिने र आवश्यक परेका बिरामीलाई सामान्य शुल्कमा पनि क्लोथ बैंकको सिफारिसमा २५ प्रतिशत छुट दिइने अध्यक्ष झाले बताए ।
गम्भिर अवस्थाको बिरामीको उपचारका लागि आवश्यक पर्ने सो उपकरण जनकपुरधाममा उपलब्ध नरहेको एक चिकित्सकले बताए । सो उपकरण बिरामीका लागि भेन्टिलेटर जस्तै उपयोगी हुने उनको भनाई छ ।
प्रतिक्रिया