ताजा समाचार


महोत्तरीमा कोभिड संक्रमणबाट दाजुभाइको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १९: ०६ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा कोभिड–१९ संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । एक साता भित्र सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको मृत्यु भएको हो ।

एक साताअघि बिरामी भएका ४२ वर्षीय भाईको उपचारको क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएकै दिन उनको मृत्यु भएको थियो ।

भाईको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजुको पनि कोरोनाबाट आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएकोे वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top