ताजा समाचार


आइसोलेशन तथा अस्पतालमा रहेका व्यक्तिका लागि फूड बैंकको निःशुल्क भोजन अभियान

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १८: ४४ मा प्रकाशित




जनकपुरधाम । आइसोलेशन तथा अस्पतालमा रहेका व्यक्तिका लागि जनकपुरधामस्थित एक सामाजिक संस्थाले निःशुल्क भोजनको प्रवन्ध मिलाएको छ ।

आइसोलेशन तथा अस्पतालमा बसेका खाना बनाइदिने र पुर्याउने व्यक्ति कोहि नरहेकाहरुका लागि यस्तो सेवा सुरु गरिएको हो ।

जसको कोही सहयोगी छैन् उनीहरुको सेवाका लागि फूड बैंक धनुषाले बिहान र बेलुका निःशुल्क भोजन उपलब्ध गराउने बैंकका रुबी झाले बताईन् ।

उनले जनकपुरधाम भित्र बिहान र बेलुकाको समयमा निःशुल्क खाना व्यवस्था गरेका हुँदा आवश्यक पर्ने व्यक्तिले फोन तथा ह्वाटएप्स गरी सेवा लिनसक्ने जानकारी दिएकी छन् ।

फूड बैंक धनुषाले बिहानको खानाका लागि ७ देखि ८ः३० बजेसम्म र बेलुकाको खानाका लागि २ देखि ३ः३० बजेसम्म सम्पर्क गर्नसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top