ताजा समाचार


संक्रमितका आफन्तलाई अक्सिजन ल्याउन दबाब नदिन सरकारको निर्देशन

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १७: ३३ मा प्रकाशित




काठमाण्डौ । सरकारले कोरोना संक्रमित बिरामीका आफन्तलाई अक्सिजन ल्याउन दबाब नदिन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गराइरहेका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आइतवारको नियमित कोभिड अपडेटका क्रममा कोभिडका बिरामीको उपचार गराइरहेका अस्पतालहरुलाई यस्तो भनेका हुन् ।

‘कोरोना संक्रमितका लागि अक्सिजन व्यवस्था गर्ने जिम्मा अस्पतालको हो’, अस्पतालहरुलाई निर्देशन दिँदै उनले भने, ‘अस्पतालमा अक्सिजन अभाव नहुने गरी सरकारले काम गरिरहेको छ । बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु नभन्नुस् ।’

उनले चिकित्सकहरुलाई पनि यस्तो निर्देशन दिएका छन् । उनले भने, ‘चिकित्सकले पनि बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु नभन्नु, अक्सिजनको व्यवस्थापन गर्ने काम अस्पतालको हो ।’

ओमानबाट अक्सिजन सिलिन्डर आइसकेको बताउँदै उनले चीन सरकारबाट प्राप्त अक्सिजन सिलिन्डर आएपछि सातै प्रदेशमा बाँडिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top