ताजा समाचार


चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्चमा दर्ता

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १७: १५ मा प्रकाशित




काठमाण्डौ । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो ।

अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।
–रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top