ताजा समाचार


कोरोना संक्रमणले जनकपुरधामका चर्चित कराते प्रशिक्षकको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १६: ०१ मा प्रकाशित




जनकपुरधाम । कोभिड–१९ संक्रमणले जनकपुरधामका चर्चित कराते प्रशिक्षकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर–१९ थुमौनाका करिव ४० वर्षीय बैजनाथ यादवको उपचारको क्रममा शनिवार राति मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि खेलाडी यादवलाई काठमाडौंस्थित बीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति उनको मिृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

जनकपुरधामले खेलकुद जगतका एक अथक योद्धा गुमाएको भन्दै धेरैजनाले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यादव नेपाल क्योकुशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top