ताजा समाचार


पारस खड्का कोरोना संक्रमितको सहयोगार्थ रकम संकल अभियानमा

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: ५९ मा प्रकाशित




काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमितको सहयोगार्थ रकम संकल अभियानमा जोडिएका छन् ।

उनी कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन, मेडिकल सामग्री लगायत अन्य सहयोगका लागि आवश्यक पर्ने रकम जुटाउन सुरु भएको अभियान ‘सेभ नेपाल फ्रम कोभिड–१९, ग्लोबल एलायन्स’ सँग जोडिएका हुन् ।

उनले यो अभियानबाट उठेको सम्पूर्ण रकम कोरोना संक्रमितका आवश्यकता पूरा गर्नका लागि खर्च गरिने बताउँदै सबैलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top