ताजा समाचार


इजरायली हवाई आक्रमणबाट अलजजिरा र एपीको कार्यालय भवन ध्वस्त

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: ५६ मा प्रकाशित




एजेन्सी । इजरायली हवाई आक्रमणबाट गाजामा रहेका अलजजिरा र एपीको कार्यालय रहेको भवन ध्वस्त भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई आक्रमणबाट गाजामा रहेका धेरै भवन भत्किएका छन् । इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ ।

तर, सञ्चारमाध्यममा आक्रमण भएको भन्दै संसारभरबाट इजरायलको आलोचना भइरहेको छ । आक्रमण गर्नुभन्दा एक घण्टाअघि इजरायलले पूर्वसूचना दिएर त्यहाँ रहेका मानिसलाई बाहिरिन भनेको थियो ।

गत सोमबारदेखि गाजा क्षेत्रमा इजरायलद्वारा गरिएको हवाई आक्रमणमा परी ४० बालबालिकासहित १४० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top