ताजा समाचार


शनिबार ८१६७ नयाँ संक्रमित थपिए, १८७ को मृत्यु, ५४५५ संक्रमणमुक्त

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: १९ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार देशभर ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ५ हजार ४५५ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ भने कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ४ हजार ८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top