ताजा समाचार


निषेधाज्ञाको फाइदा उठाउँदै गुठीको जग्गामा अवैधानिक भवन निर्माण हुँदै

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: ११ मा प्रकाशित




–किरण कर्ण,जनकपुरधाम । कोरोना महामारीको बेला स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको बेला प्रदेश नम्बर २ का सत्तारुढ जनता समाजवादी पार्टीका केहि नेता गुठी जग्गा कब्जा गरि अवैधानिक भवन निर्माणमा लागिपरेका छन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको एतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरि अवैधानिकरुपमा प्रदेश सरकारको शक्ति आडमा धमाधम दुई कोठे पक्की घर निर्माण कार्य धनुषा प्रहरीले रोक्का गराएका हुन् ।

यूवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक धार्मिक धरोहर जग्गा अतिक्रमण गरि भवन निर्माण भईरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा अवैधानिक भवन निर्माण कार्य बन्द गराउनका लागि निवेदन दिएका थिए ।

गुठी संस्थानको अधिनस्थ रहेको तिरहुतिया गाछीको जग्गामा भवन निर्माणका लागि स्वीकृती नलिएको र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयबाट भवनको लागि नाप नक्सा समेत नभएको भन्दै जनकपुरधाम उपमहानगरले अवैधानिक भवन निर्माण कार्य रोेक्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको थिया ।

भवन निर्माण कार्य रोक्नका लागि पत्राचार गरेको करिब एक साता पछि भवन निर्माण गरिरहेको बेलामा धनुषा प्रहरी र जनकपुरधाम उपमहानगरको नगर प्रहरीले ३० बोरा सिमेन्ट, बालुवा सिमेन्टर मिलाउने मिक्सर मसिन एक थान र भवन निर्माण कार्यका लागि रहेको प्राविधिक औजार समेत भवन निर्माण स्थलबाट उठाएर लगेको छ ।

पटक पटक अवैधानिक भवन निर्माण नगर्न भन्दाभन्दै पनि निर्माण कार्य नगरेकाले ति सामग्रीहरु जफत गरिएको धनुषा प्रहरीले जनाएको छ । क्लोथ बैंक धनुषाको अध्यक्ष समेत रहेका जसपा नेता राजिव झाले ऐतिहासिक तथा धार्मिक तिरहुतिया गाछीमा अवैधानिकरुपमा दुई कोठी पक्की भवन निर्माण गर्दै छत ढलान गरिरहेको कार्य गरिरहेको अवस्थामा धनुषा प्रहरी र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सामग्रीहरु जफत गरि नियन्त्रणमा लिएको यूवा अभियन्ता सुशिल कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top