ताजा समाचार


रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १७: ५० मा प्रकाशित




रौतहट । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मी माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।

कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा ४८ वर्षीय ठाकुरको गएराति मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

त्यस अघि बृन्दाबन घर भएका स्वास्थ्यकर्मी रवी यादवको पनि तराई अस्पताल वीरगञ्जमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।
यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० वर्षीय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको सीडीओ यादवले बताए ।

योसँगै अहिलेसम्म रौतहटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top