ताजा समाचार


फागुन २८ र जेठ २ को अवस्थाबाट अघि बढ्न ओली तयार भएपछि सहमति जुट्यो : नेपाल

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, १७: ४७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले फागुन २८ को निर्णयहरु फिर्ता लिने र २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढ्न ओली तयार भएपछि सहमति जुटेको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड–१९ विरुद्धको खोप लगाउने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले सहमतिका अन्य मोडालिटीका बारेमा छलफल हुन बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुग्ने हाम्रो बटमलाइन थियो । त्यसमा हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तयार हुनुभएको छ ।’

केही स्पष्टताहरुको आवश्यकता रहेको र त्यो छलफलबाट टुंगिने उनले विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top