ताजा समाचार


अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्रीको निर्णय

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, १७: ३४ मा प्रकाशित




काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

केपी शर्मा ओली हिजो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि अर्थमन्त्रीमा पुनः नियुक्त भएका पौडेलले आफ्नो पहिलो निर्णय कोभिडसम्बन्धी गरेका छन् ।

पौडेलले अर्थमन्त्री पदमा पुनः सपथ ग्रहण गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गरेका हुन् ।

पदभार ग्रहणका क्रममा उनले कोरोना महामारीको दोस्रो लहरका कारण उत्पन्न असहज र चुनौतीपूर्ण घडीसँग लड्ने जनाउसहित पौडेलले यो रकम दिने निर्णय लिएका उनका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top