ताजा समाचार


समयअनुसार अरूको जस्तै मेरो शरीर पनि परिवर्तन हुँदै गएको छ : प्रियंका चोपडा

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, १७: ११ मा प्रकाशित




एजेन्सी । बलिउडकी कलाकार प्रियंका चोपडाले आफ्नो शरीरमा देखिएको परिवर्तन बारे बोलेकी छिन् । सन् २००० मा विश्व सुन्दरी भएकी प्रियंकाले जस्तो शरीर भए पनि स्वीकार गरेको बताइन् ।

चोपडाले याहो लाइफसँग कुराकानी गर्ने क्रममा भनिन्, ‘मैले ढाँट्ने छैन । समयअनुसार अरूको जस्तै मेरो शरीर पनि परिवर्तन हुँदै गएको छ । मैले पनि यसलाई सहज रूपमा लिएकी छु । अब मेरो शरीर दस या बीस वर्ष पहिलेजस्तो हुने छैन ।’

३८ वर्षीया प्रियंकाले सन् २००२ मा तमिल फिल्मबाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन् । सन् २००३ मा ‘द हिरो’ नामक फिल्मबाट बलिउडमा प्रवेश गरिन् । उनी केही हलिउड फिल्ममा पनि देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top