काठमाण्डौ । पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् ।
नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
संक्रमण देखिएसँगै २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित तीनै जना अस्पताल भर्ना भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते नै डिस्चार्ज भईसकेका छन् ।
प्रतिक्रिया