ताजा समाचार


मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको वरिष्ठ नेता पौडेलको टिप्पणी

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, १६: ३७ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय उब्जाएको उनले बताए ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मुलुकको राजनीति रहश्यमय बाटोमा अघि बढेको र सयौ संसयहरु उब्जाएको बताए ।

उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे । ‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top