ताजा समाचार


धनुषामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, १५: ५७ मा प्रकाशित




जनकपुरधाम । धनुषामा सबारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।

जिल्लाको ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदलयात्री युवकको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार सो युवकले एक्कासी बाटो काटेपछि दुर्घटना भएको थियो ।

हालसम्म नामथर, वतन नखुलेका अन्दाजी ३१ बर्षीय युवकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको उनले बताए । ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा सो अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सुवेदीले जानकारी दिए ।

मोटरसाइकल चालक झापा हल्दीबारी गाउँपालिका १ रामचौक बस्ने २१ वर्षीय नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय मिलन कटुवाल सामान्य घाइते भएका छन् । उनीहरुको ढल्केवरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top