ताजा समाचार


जनकपुरधामस्थित संकटमोचन मन्दिरका पूजारीको निधन

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, २१: ५० मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित संकटमोचन मन्दिरका पूजारीको निधन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ स्थित संकटमोचन मन्दिरका पूजारी ५२ वर्षीय महेश दास बैष्णवको बिहीबार साँझ उच्च रक्तचापका कारण मस्तिष्कमा सिभिडी भएपछि निधन भएको हो ।

बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको समयमा उनी बोल्न सक्ने अवस्थामा समेत थिएनन् । उनको बल्डप्रेसर लेभल १६०/११० देखिएपछि साँझ ६ बजे आईसीयूमा राखेर उपचार जारी राखेपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनको उपचारको क्रममा साँझ निधन भएको अस्पतालले जनाएको छ । उनी विगत लामो समयदेखि संकटमोचन मन्दिरको पूजारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top