ताजा समाचार


सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १९: ०५ मा प्रकाशित




सिरहा । सिरहामा कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बैशाख ३१ गते रातिदेखि लागू हुनेगरि आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जानकारी दिए ।

उनले कोभिड–१९ को दोस्रो लहरको संक्रमण अत्यन्त जोखिम स्थितीमा गएकोले सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी बैशाख २१ गते जारी भएको आदेशको सट्टामा अब बैशाख ३१ गते राति १२ बजेबाट जेठ २१ गते राति १२ बजेसम्म लागू हुने गरी सिरहा जिल्लाभरका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) एवं संक्रामक रोग ऐनको दफा २ (२) बमोजिम निषेधाज्ञा जारी गरिएको बताए ।

औषधि, पानी, दुध डेरी र पेट्रोलियम पदार्थ निर्वाध रुपमा सञ्चालन गर्न पाउने जारी आदेशमा उल्लेख छ । खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजेदेखि बिहान ९ः३० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय डीसीसीएमसीले गरेको छ ।

ती व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरूपले पालना गराउनुपर्नेछ । बैठकले सिमानामा थप कडाइ गर्ने निर्णय पनि गरेको छ । सिमानाका पूर्णरूपमा सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णय डीसीसीएमसीले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top