ताजा समाचार


बिहीबार ८९६० नयाँ संक्रमित थपिए, ५०५५ जना संक्रमणमुक्त, २१४ को मृत्यु

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १७: ५५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार देशका विभिन्न अस्पतालमा मृत्यु भएका र नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकका आधारमा २१४ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top