ताजा समाचार


प्रदेश २ मा मुस्लिम कोटाबाट समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनित

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १७: ४३ मा प्रकाशित




जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश नम्बर २ मा रिक्त रहेको समानुपातिक तर्फको प्रदेशसभा सदस्यमा नेतृ पस्मिना कादरीलाई मनोनित गरेको छ ।

कादरीलाई मनोनित गरिएको कुरा संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिएका हुन् । कादरीलाई सभामुख सरोजकुमार यादवले आजै सपथग्रहण गराएर पदभार समेत ग्रहण गराएका छन् । पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् ।

सर्वोच्च अदालतले नेकपालाई ब्यूँताएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हुँदा समेत ४ जना प्रदेशसभा सदस्य एमालेमै रहेका थिए । एमालेमै रहने निर्णय गरेपछि माओवादी केन्द्रले रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई कारवाही गरेको थियो ।

उनीहरुलाई माओवादीले कारवाही स्वरुप पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको थियो । माओवादी केन्द्रले चारजना नेतालाई निलम्बन गरेको एक महिना नबित्दै समानुपातिक तर्फबाट कादरीलाई मनोनित गरिएको हो ।

कादरीलाई मुस्लिम कोटाबाट प्रदेशसभा सदस्यमा मनोनित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top