ताजा समाचार


सर्लाहीमा निषेधाज्ञाको समयअवधि १० दिन थपियो

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १७: ०० मा प्रकाशित




सर्लाही । कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्लाहीमा निषेधाज्ञाको समयअवधि थप १० दिन बढाएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समयअवधि थपिएको हो ।

कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समयअवधि थपिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतकाहरु बन्द रहने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने उनले बताए ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गरिनेछ ।

सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । जिल्लामा कोरोना संक्रमितमध्ये ११ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top