ताजा समाचार


सलमान खानको फिल्म ‘राधे’ इदमै रिलिज हुने

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १६: २६ मा प्रकाशित




एजेन्सी । सलमान खानको फिल्म ‘राधे’ इदमै रिलिज हुने भएको छ । कोरोना भाइरसको कारणले गर्दा फिल्म पर सर्न सक्ने अनुमान गरिएको थियो ।

तर फिल्म सिनेमाहलमा नभई डिजिटल प्लेटफर्ममार्फत् रिलिज हुनेछ । विदेशमा भने सिनेमा खुलेको अवस्थामा हलमै रिलिज गरिनेछ ।

सलमान खानले अनलाइन पत्रकार सम्मेलनमा बोल्दै भने,‘पहिला हामीले सिनेमाहलमै फिल्म रिलिज गर्ने योजना बनाएका थियौँ । तर अब परिस्थिति बदलिएको छ । हामी दर्शकले जोखिम मोलेर फिल्म हेरेको देख्न चाहन्नौँ । त्यसैले राधे डिजिटल प्लेटफर्ममार्फत् रिलिज हुँदैछ ।’

‘हामीले फिल्मबाट थुप्रै कमाउँछौँ । तर यसपटक भने त्यस्तो हुने छैन । । नोक्सान सहेर भएपनि डिजिटल प्लेटफर्ममा रिलिज गर्नेछौँ । हामीलाई नोक्सान भएपनि समर्थकहरूलाई मनोरन्जन त अवश्य हुनेछ’, सलमानले थपे ।

फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुडा, ज्याकी श्राफ, सुदंशु पान्डे, मेघा आकाश लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन प्रभु देवा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top