ताजा समाचार


इजरायल र हमासबीच जारी हिंसामा हालसम्म ७२ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १६: २३ मा प्रकाशित




एजेन्सी । इजरायल र हमासबीच जारी हिंसामा हालसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ६५ जना प्यालेस्टाइन रहेका छन् ।गाजापट्टिबाट गरिएको हवाइ हमलामा परी ७ जना इजरायलीको मृत्यु भएको छ ।

गाजाका स्वास्थ्यमन्त्रीले जारी गरेको बयानअनुसार मरेका ६५ जनामध्ये १६ बच्चा र ५ महिला रहेका छन् । ३९० भन्दा धेरै प्यालेस्टाइनी घाइते भएका छन् । इजरायली सैनिक अनुसार हमासले देशका विभिन्न क्षेत्रमा दर्जनौँ हवाइ हमला गरेको छ ।

प्यालेस्टाइनको चरमपन्थी संगठन हमासका शीर्ष नेताको मृत्यु भएपछि त्यसको प्रतिक्रियास्वरूप हमासले हवाइ हमला गरेको विदेशी मिडियाले उल्लेख गरेका छन् । उक्त हमलामा परी इजरायलको स्डेरोट सहरमा एक बच्चाको मृत्यु भएको छ ।

इजरायल र हमासबीच सोमबारदेखि अचानक हिंसा जारी भएको थियो । दुईबीचको हिंसा रोकिने कुनै संकेत देखिँदैन । इजरायल भित्र पनि विभिन्न इलाकामा हिंसा जारी भइरहेको छ ।

हिंसा अरबी र यहुदीबीच भइरहेको छ इजरायली मिडियाले जनाएका छन् । इजरायली प्रहरीले बुधबारको हिंशापछि ३७४ जनालाई गिरफ्तार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top