ताजा समाचार


पर्साबाट ८२ लाख ५० हजारसहित ४ जना हुण्डी कारोबारी पक्राउ

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १८: ४४ मा प्रकाशित




पर्सा । पर्साबाट ८२ लाख ५० हजार नगदसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । बीरगञ्ज महानगरपालिका–३ आदर्शनगरमा डेरा गरी बस्ने युवकहरुको साथबाट उक्त रकम प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नम्बर–१८ का २७ वर्षीय बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर–९ का २२ वर्षीय गुड्डु कुमार र भारत मोतीहारी वडा नम्बर–५ का १८ बर्षीय साहिल गुप्ता रहेका छन् ।

गोप्य सूचनाको आधारमा बुधबार दिउँसो १ बजेको समयमा बारा जिल्ला महागढीमाई नगरपालिका–४ बस्ने १८ वर्षीय कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । झोला जाँच गर्दा झोलाभित्र नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

त्यसपछि उनलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको छ ।

हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले उनीहरुले प्रयोग गर्ने ना. ८ प. ४८९७ नम्बरको बजाज कम्पनीको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top