ताजा समाचार


सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १६: ४५ मा प्रकाशित




धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर–३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर–१२ की ३५ वर्षीया महिला रहेको श्रेष्ठले बताए । उनकाअनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ जना व्यक्ति संक्रमणमुक्त भएर घर फर्केका छन् भने थप ५ जना भर्ना भएका छन् ।

त्यस्तै, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । ५ सय ६४ जनाको नमुना परीक्षण गर्दा धनगढी उपमहानगरपालिकाका ४४ जना, कैलालीकै अन्य स्थानीय तहका २ सय ६ जना र विभिन्न जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

सेती प्रादेशिक अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top