ताजा समाचार


राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १६: ३९ मा प्रकाशित




काठमाण्डौ । गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सदस्य पदमा जेठ ६ गते हुने मतदानका लागि चुनाव चिह्न दिइएके हो ।

जसअनुसार राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोगमा उम्मेदवार बनेका हुन् ।निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top